काठमाडाैँ, ९ माघ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नसरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गरेको छ रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते प्रतिनिधि र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् । यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।