काठमाडाैँ, ७ माघ । भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई त्रिभुवन विमानस्थलबाटै फिर्ता गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा कतार, दुबई र बहराइन जान लागेका ८४ जनालाई फिर्ता पठाइदिएको हो ।
उनीहरूका भिजिटको उद्देश्य पूरा नभएका र कागजात नपुगेकाले विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख प्रमुख गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको कार्यालय प्रमुख हमालले बताए ।