Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ८ गते ।

आज रातिबाट राष्ट्रियसभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ ।

निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरेको हो ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन पाइने छैन् ।

अगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि मतदान हुन लागेको छ ।

बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । ६ बर्से कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *