Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ८ गते ।

मधेश प्रदेशका जिल्लाहरुमा नेकपा एमालेले अगामी चैत पहिलो साता अधिवेशन गर्ने भएको छ ।

जनकपुरमा बसेको प्रदेश कमिटीका पदाधिकारी बैठकले अधिवेशनबारे यस्तो निर्णय गरेको हो ।

बैठकबाट महोत्तरी, रौतहट, पर्सा र बारा जिल्ला अधिवेशनको मिति समेत तय भएको छ ।

२२–२३ माघमा महोत्तरी, २५–२६ माघमा रौतहट, २८–२९ माघमा पर्सा र १२–१३ फागुनमा बारामा जिल्ला अधिवेशन हुने एमालेका प्रदेश कमिटी सचिव मनोज पौडेलले जानकारी दिए ।

उनका अनुसार सर्लाही, धनुषा, सिरहा र सप्तरीमा पनि चैतभित्र महाधिवेशन गरिसक्ने निर्णय भएको छ ।

बैठकले प्रदेश अधिवेशनका बेला पार्टी केन्द्रले प्रमाणीकरण गरेको सदस्यहरुबाटै जिल्ला अधिवेशन गर्ने पनि निर्णय गरेको छ ।

बैठकले ७ फागुनमा धनुषा र सप्तरीको परिषद् बैठक बस्ने निर्णय भएको छ ।

त्यसैगरि १८ माघमा रौतहट, २० माघमा बारा, २१ माघमा पर्सा, ५ फागुनमा सर्लाही र सिरहाको परिषद् बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *