काठमाडौँ, ७ माघ । त्रिभुवन विमानस्थलबाट प्रहरीले आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापाका खगेन्द्र दर्जी आधा किलो सुनसहित पक्राउ परेका हुन् ।
कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित दर्जीलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
विशेष सूचनाका आधारमा दर्जीलाई पक्राउ गरिएको पनि भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए । बरामद् सुन दर्जी आफैले ल्याएको वा भरिया रहको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।