Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ७ माघ । विरोध प्रदर्शनका क्रममा प्रहरीले नेपाल विद्यार्थी संघका केही विद्यार्थीलाई पक्राउ गरेको छ ।

काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेविसंघले आइतबार विरोध प्रदर्शन गरेको हो । संघको काठमाडौँ जिल्ला कार्यसमितिको आह्वानमा विद्यार्थीहरूले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेका थिए ।

गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *