Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ७ गते ।

सर्लाहीमा कारागारका लागि निर्माण गरिएको भवन उदघाटन गरिएको छ ।

उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मलंगवामा सो भवनको उदघाटन गरेका हुन् ।

करागार नहहुँदा अहिले सर्लाहीका कैदीबन्दीलाई महोत्तरी, रौतहट, सिन्धुली, सुनसरी लगायतका कारागारमा लगेर राख्नुपर्ने बाध्यता छ।

नयाँ भवन बनेकाले अब सर्लाहीका कैदीबन्दीलाई अन्यत्र लैजानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ। ०६२/०६३ को आन्दोलनताका माओवादीले सर्लाही कारागारमा आक्रमण गर्दा भवनमा क्षति पुगेको थियो।

त्यसयता सर्लाही कारागारमा कैदीबन्दी राख्न छाडिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *