Samajik Feed – News Portal from Nepal

२७ असोज, जनकपुरधाम। भन्सार कार्यालयको लापरवाहीले गर्दा निर्यात हुदैछ लाखौ रुपैयाँ बराबरको प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला र गुच्छो। नेपाल यी वस्तुहरुको उत्पादन र निर्यातमा प्रतिबन्ध हुदाँ पनि साउन र भदौमा मात्रै नेपालमा ९२ लाख १८ हजार मूल्य बराबरको २८ हजार ६८५ किलो प्लास्टिकका माला नेपाल भित्रिएका छन् ।

वन तथा वातावरण मन्त्रालयले गत ४ साउनमा वातावरण संरक्षण ऐन अनुसार राजपत्रमा सूचना प्रकाशित गरेर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *