Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन ३ गते ।

मधेश प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले शिक्षक आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बिन परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

सिम्रौनगढ नगरपालिका–१ निवासी लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैया उनले सहयोग गरेका हुन् ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले उनलाई मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

आन्दोलनकारीसित भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर बिनको गत मंसिर २७ गते मृत्यु भएको थियो।

कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भ बाट भएको उक्त घटना निन्दनीय रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *