२७ असोज, जनकपुरधाम। नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापन गर्नका लागि रिपोमार्फत बन्किंग प्रणालीमा ३० अर्ब रुपैयाँको अनुदान पठाउने भएको छ। आज बिहिबारका दिन उक्त तरलता पठाउने केन्द्रिय बैंकको तयारी चलिरहेको छ।
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । न्युनतम १० करोड र त्यसभन्दा माथि राष्ट्र बैंकले तरलता प्रवाह गर्न लागेको सीमासम्म ५ करोडले भाग जाने रकममा आवेदन पेश गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ । आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ ।
