पर्सा, २६ पुष । ११ युवाले वीरगञ्जदेखि भारत उत्तर प्रदेशको अयोध्यासम्मको पैदल यात्रा सुरु गरेका छन् । राष्ट्रिय बजरंग दल पर्साको अगुवाइमा बिहीबारदेखि सुरु भएको पैदल यात्रामा सहभागी युवाहरूलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खादा लगाएर बिदाइ गरेका हुन् ।

उनीहरूलाई गहवा माई मन्दिरबाट बिदाइ गरिएको छ । युवाहरूले वीरगञ्ज–अयोध्यासम्मको तीन सय ५० किलोमिटरको यात्रा १० दिनमा पूरा गर्ने लक्ष्य लिएका छन् ।

भारतको अयोध्यामा निर्माण सम्पन्न भएको राम मन्दिरको आगामी २२ जनवरी (माघ ८ गते) प्राण प्रतिष्ठा हुँदेछ ।
