Samajik Feed – News Portal from Nepal

उदयपुर, २५ पुष । उदयपुरमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगरलाई पक्राउ गरेको हो ।

उनीहरूले ती युवतीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *