Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २५ गते ।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ ।

यहीँ पुस १३ गते न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको उनलाई जिल्ला दालत, काठमाडौंले आज सजय तोक्न लागेको हो ।

चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए । सजाय तोक्न अदालतले पुस २५ गतेको पेशी तोकेका थिए ।

आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरु बताउँछन् ।

न्यायाधीश शिशिरराज ढकालले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३) ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए ।

उक्त कानून व्यवस्था (दफा २१९(१),(२),(३) ङ मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

नेपालको कानुनले धाक, धम्की वा प्रलोभन देखाएर आफूभन्दा कमजोर अवस्था भएको महिलासँग यौनसम्पर्क राखेमा त्यसलाई बलात्कार ठहर गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *