Samajik Feed – News Portal from Nepal

मोरङ, २४ पुष । मोरङको सुन्दरहरैचामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले सोमबार राति सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोलका २४ वर्षीय श्याम बर्देवालाई पक्राउ गरेको हो ।

बर्देवाले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *