सामाजिक फीड-
जनकपुरधाम, पुस २४ गते ।
महोत्तरीमा हुस्सु र तिव्रगतिको कारण दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन् । दुबैजन मोटरसाइकल चालक हुन् ।
गम्भीर घाइते दुबैजनाको बर्दिबासको शुभस्वस्तिक अस्पतालमा उपचारको लागि पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
डिएसपी गिरीका अनुसार बर्दिबास औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव गम्भीर घाइते भएका छन् । तिव्रगति र हुस्सुको कारण दुईवटा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हुन सक्ने डिएसपी गिरीले बताए ।
दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
So sad 😞