Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २३ पुष । राष्ट्रियसभा निर्वाचनका लागि कुल ५२ जनाको उम्मेदवारी परेको छ । सोमबार सातवटै प्रदेशका निर्वाचन कार्यालयमा गरी कुल ५२ जनाले मनोनयन दर्ता गराएका हुन् । यही माघ ११ गते हुन लागेको निर्वाचनबाट राष्ट्रियसभाका लागि एक तिहाइ अर्थात् १९ सदस्य चुनिने छन् ।

१९ सिटका सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिनका लागि निर्वाचन आयोगले मिति तोकेको छ ।

त्यस्तै पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित हुने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने पनि आयोगले जनाएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यहरूको कार्यअवधि समाप्त हुने र नयाँ एक तिहाइ सदस्य छनाैट गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *