जनकपुरधाम, २३ पुस । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा अन्यतर्फबाट उम्मेदवार खडा गरेको छ । जनमत सत्ता गठबन्धनमा भए पनि छुट्टै उम्मेदवार खडा गरेको हो ।
निर्वाचनको अन्यतर्फबाट सोमबार जनमतका रामशंकर महासेठले पनि मनोनयन दर्ता गराएका छन् ।
सत्ता गठबन्धनकोतर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका छन् ।