Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।

जनकपुरधाममा एक अविवाहित महिलाको ६ महिनाको अवैध गर्भपतन गरिरहेको एक पोलिक्लिनिक सिल गरिएको छ । जनकपुरको रामानन्दचोक स्थित संचालित शिव गुरु प्राथमिक उपचार पोलिक्लिनिक सिल गरिएको हो ।

अवैध रुपमा गर्भपतन गरिरहेको पाइएपछि पोलिक्लिनिक सिल गरिएको जकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविन मिश्रले जानकारी दिए ।

उनका अनुसार एक २० वर्षीय अविवाहित महिलाको ६ महिनाको गर्भ बिनाचेकजाँच स्टाफ नर्स पढेको बताउने जयन्ती साहले गरिरहेको अवस्थामा फेला परेकोले उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुगमन टोलिले सिल गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख मिश्र र स्वास्थ्य सल्लाहकार डा. नविन साहसहितको अनुगमन टोलिले पोलिक्लिनिक सिल गरेको हो ।
अवैध गर्भपतन गरेको अनुगमनमा फेला परेपछि मेयर मनोज साहको निर्देशनमा पोलिक्लिनिक सिल गरेको उनका स्वास्थ्य सल्लाहकार डा. साहले बताए ।

शाखा प्रमुख मिश्रका अनुसार गर्भपतन गर्ने स्वास्थ्यकर्मीले महिलाको २ महिनाको गर्भ रहेको बताएको तर गराउने महिलाले ६ महिनाको गर्भ रहेको भनेपछि थप कागजातहरु खोज्दा नभेटिएको, चिकित्सकको सल्लाहमा चेकजाँच गरेपछि गर्नुपर्नेु पर्ने प्रक्रिया पूरा नगरेको, गर्भपतको बेला चिकित्सक नरहेको लगायत पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *