सामाजिक फीड-
जनकपुरधाम, पुस १९ गते ।
वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
वीरगञ्जबाट जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका ६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये १४ जना भारतीय नागरिक छन्।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।