रौतहट, १८ पुष । रौतहटको धरमपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार गढीमाई नगरपालिका–६ धरमपुरमा भएको ट्रयाक्टर दुर्घटनामा चालक माधवनारायण नगरपालिका–३ का २२ वर्षीय रञ्जितकुमार पण्डितको मृत्यु भएको हो ।
उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ना. २ त ८५०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।