Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १८ पुष । भारत सरकारले विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयले नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल जाने जानकारी दिएको हो ।

दुईदिने भ्रमणका लागि मन्त्री जयशंकर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा काठमाडौँमा हुने परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ।

जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *