Samajik Feed – News Portal from Nepal

रौतहट, १८ पुष । रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

गत साउनदेखि तलब पाउन नसकेको भन्दै शिक्षक–कर्मचारीले बुधबारदेखि नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् । समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलनस्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना बस्ने कर्मचारीहरूले बताएका छन् ।

जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कर्मचारीहरूले तलब पाउन सकेका छैनन् । तत्कालीन मेयर गोपाल राय यादव निलम्बित भएसँगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधिबीच विवाद हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *