बारा, १७ पुष । बाराको जितपुरसिमरामा यातायात व्यवस्था कार्यालयअन्तर्गत अस्थायी पटके इजाजत शाखा सञ्चालनमा आएको छ ।
मधेश सरकारका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले यो शाखाको उद्घाटन गरेका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा पटके सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले मधेशको हुलाकी राजमार्गमा अब छिट्टै इलेक्ट्रिकल बस सेवा सञ्चालनमा आउने दाबी गरे ।
उनले यस क्षेत्रका सवारी साधनहरूको इजाजत लिन वीरगन्ज जानुपर्ने बाध्यता अन्त्य भएको पनि बताए । कार्यक्रममा जितपुरसिमराका मेयर राजन पौडेल, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य माधवनारायण सिंह, जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज ओमप्रकाश सरार्फलगायत सहभागी भएका थिए ।