Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुर पब्लिकेशन प्रा.लि. विरुद्ध मुद्दा दायर गरेका छन् । मंगरबार लामिछानेले काठमाडौँ जिल्ला अदालतमा कान्तिपुरविरुद्ध गालीवेइज्जतको मुद्दा दर्ता गराएका हुन् । उनले कान्तिपुर दैनिकले आफ्नो मानहानी गरेको भनेका छन् ।

मुद्दा दायरसँगै अध्यक्ष लामिछानेले सामाजिक सञ्चाजलमा लेखेको स्टाटस यस्तो छ, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो। मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *