Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १६ गते ।

मंसिर १३ गते बालकुमारीमा प्रहरीको बलप्रयोगबाट मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । मृतकका परिवार र सरकारबिच भएको ४ बुँदे सहमतिमा दुई जनालाई सहिद घोषणा गर्ने सहमति भएको हो । सहमितको तेश्रो नम्बर बुँदामा सरकारले मृतकलाई सहिद घोषणा गर्ने उल्लेख छ ।

गत शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा प्रहरीको अत्यधिक बल प्रयोगबाट दुबैजनाको मृत्यु भएको थियो ।

सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *