काठमाडाैँ, १२ पुष । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा तोकेको हो ।
गत वर्षभन्दा यस वर्ष प्रतिक्विन्टल २ सय ९९ रुपैयाँ १४ पैसा बढाएर मूल्य निर्धारण गरिएको छ। गत वर्ष गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रुपैयाँ थियो ।