पाँचथर, १२ पुष । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला नेताहरूको हात रहेको दाबी गरेका छन् ।
बिहीबार नेपाल प्रेस युनियन पाँचथरले फिदिममा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले ठूला नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला ठूला भ्रष्टाचार गरेको बताएका हुन् ।
उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो । एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ। देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला ठूला भ्रष्टाचार गरेका छन् ।’
भ्रष्टाचार काण्डहरूमा ठूला नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको पनि उनले बताए ।