Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले दोस्रो जित हासिल गरेको छ । बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेट हराएको हो । प्रतियोगितामा यो लुम्बिनीको चौथो हार हो ।

जितका लागि पाएको ९७ रनको सामान्य लक्ष्य मधेशले १८.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । मधेशका लागि ओपनर ब्याटर पूजा महतोले सर्वाधिक ६० रन बनाइन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् । अनुराधा चौधरीले १७ र सरस्वतीकुमारी चौधरी १२ रनमा अविजित रहिन् ।

लुम्बिनीका लागि सरस्वती पुन र कमला जीएमले समान १ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेटको क्षतिमा ९६ रन बनाएको थियो । मधेशका लागि साक्षी यादवले सर्वाधिक २ विकेट लिएइन् । पूजा महतो, आरती महतो र कविता गौतमले १/१ विकेट लिए ।

यो नतिजापछि मधेश र लुम्बिनीको समान ६ खेलबाट ४ अंक भएको छ । रनरेटमा लुम्बिनी पाँचौ र मधेश छैटौँ स्थानमा छन् । यी दुवैको शीर्ष ४ मा पर्दै प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम छ ।

यसअघि मधेशले गण्डकी प्रदेशलाई २७ रनले हराउँदै पहिलो जित निकाल्न सफल भएको थियो । त्यसअघि भएका तीनवटै खेलमा मधेश पराजित भएको थियो । मधेश बागमती प्रदेश, विभागीय टिम एपीएफ र कोशी प्रदेशसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *