सामाजिक फीड-
जनकपुरधाम, पुस ६ गते ।
समातेर ल्याएका एकजनाको इलाका प्रहरीमै मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका स्थित सुगा निकास इलाका प्रहरी कार्यालयमा गए राति स्थानीय अन्दाजी ४५ वर्षीय दीपनारायण मणडलको मृत्यु भएको स्थानीयले जनाएका छन् ।
प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीय आक्रोशितले प्रहरीले इलाकामाथि ढुंगामुढा गरेका छन् । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् ।
उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए ।
केही हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । मृतक र घटनाको विषयमा विस्तृत विवरण नआएको र आफू पनि घटनास्थल पुग्न लागेको उनले बताए ।