सामाजिक फीड-
नकपुरधाम, पुस ५ गते ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा बढेको भ्रष्टाचार, कुशासनको कारणले जनता रिसाएको बताएका छन् । काँग्रेसको प्रथम मधेश प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले गणतन्त्र र संघीयता विरोधीहरु कुशासन र भ्रष्टाचारकै कारणले जनतातिर फर्केर शक्ति पाइरहेको बताए ।
‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’ उनले भने ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नु पर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् । रिसाएका छन् ।
उनले अघि भने ‘ खेती गर्न जनताले बजार भाउ नपाउने, खेती गर्दा समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुस्किल छ, साहुले लगाएको ऋण ब्याजसहित फिर्ता पाउँदैन, ऋणीले साबा र ब्याज तिर्ण सक्दैन । जताततै समस्या छ । यसको जिम्मा कसले लिने ?
राजनीतिक दलहरूले समस्याको विषयमा ध्यान पुर्याउनु पर्ने उनको भनाइ छ ।
उनले एमाले जबसम्म बा नआए देश नबन्ने, नयाँ दलले ८४ पछि देशमा रहेको फोहरै फोहर सफा गर्नु पर्छ भनिरहेको र मधेशवादीलाई काठमाडौंमा समस्या हुँदा मधेश झरेर उठु मधेश, जागु मधेशको नाममा ‘हम लुटेंगे देशको’ भाव सृजना गरिरहको नेता थापाले टिप्पणी गरे ।