Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ३० गते ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर विधि मनाइँदै छ । आज धार्मिक तथा ऐतिहासिक गंगासागरमा राम र जानकीको मटकोर गरिँदैछ ।

आज दिउँसो १ बजे जानकी मन्दिरबाट गाजागाजा सहित पुगेर गंगासागरमा भव्य रुपमा राम र जानकीको मटकोर गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर विधि गरिन्छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध गर्ने गरिन्छ । त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि भोली आईतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ ।
मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।
सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन ठूलो संख्यामा श्रद्धालुभक्तजन जनकपुरधाम आउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *