सामाजिक फीड–
जनकपुरधाम, मंसिर २६ गते ।
जनकपुरधाममा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ । आज राम र लक्ष्मणलाई नगरदर्शन गारउँदै सप्ताहव्यापी विवाहपञ्ची महोत्सव सुरु हुँदै छ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष धुमधामकसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाउने गरिन्छ । आज अपराहन्न ४ बजे नगरदर्शन गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले जानकारी दिए ।
दोश्रो दिन भोलि बुधबार फूलबारी लीला, तेश्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुशन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ ।