सामाजिक फीड-
जकपुरधाम, मंसिर २५ गते ।
नेपाल भारत सीमा क्षेत्र जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौला घाइते भएका छन् ।
सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहारबाट घाइते भएका उनउनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।
उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।