२४ असोज, जनकपुरधाम। मन्त्रालयका अनुसार मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् । मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् ।

निर्वाचन सुरक्षा रणनीतिअनुसार एक लाख १५ हजार म्यादी प्रहरीसहित करिब तीन लाख सुरक्षाकर्मी परिचालन हुनेछन् ।