२४ असोज, जनकपुरधाम। गंगा चौधरी निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य हुन्। उनले भारतको हस्तक्षेपबारे पटक पटक प्रश्न उठाउने गरेकी छिन। चुच्चे नक्साको समर्थनमा उनले आवाज उठाएकी थिईन्। यसअघि समानुपातिक तर्फ सांसद बनाएकी चौधरीले रोष प्रकट गर्दै भनिन् कि आज नेकपा एमाले पनि बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर हामीजस्तो देशको हित चाहने व्यक्तिलाई टिकट दिएन ।’
त्यहि भएर उनले हिजो स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्।
