२४ असोज, जनकपुरधाम। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा छ। हिजो प्रदेश सभा र प्रतिनिधि सभाका सबै उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। आज उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।