Samajik Feed – News Portal from Nepal

चाँदनी झा
जनकपुरधाम, मंसिर १२ गते ।

महोत्तरी क्षेत्र ३ (ख) मा स्वतन्त्रबाट चुनाव लडेका युवा उज्वल झा जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । महोत्तरीको एकडाडा गाउँपालिका १ मा मंगलबार जसपा जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनलाई केन्द्रय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।

२०७९ को चुनावमा महोत्तरी क्षेत्र नं ३ (ख) बाट स्वतंत्र चुनाव लडेका उनी निकटतम प्रतिद्वन्दी थिए । लोसपाकी उम्मेदवार रानी कुमारी तिवारीले ६ हजार ४१४ मत ल्याएर विजयी हुँदा झा ५ हजार ४८९ मत ल्याएर निकटतम प्रतिद्वन्दी भएका थिए ।

आफू सँधै मधेस र मधेशी जनताको लागि आवाज उठाएको भन्दै उनले आफ्नो पहिलो प्राथमिकतामा जसपा पार्टी भएको बताए ।

जसपाका जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा
जसपा नेता तथा पूर्व कृषि मन्त्री हरिनारायण यादव, पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादव, केन्द्रिय सदस्य राजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *