२३ असोज, जनकपुरधाम। मधेशको चर्चित कलाकार कृष्ण कुमार महतोले प्रतिनिधिसभाको लागि उमेद्वारी दर्ता गराएका हुन्। उनले धनुषा क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका हुन्। उनि बटेश्वर गाउँपालिका वडा नं. २ लक्ष्मीनिबास चित्रपुरका निवासी हुन्।

बर्तमान राजनीति दलका नेताहरु राजनीतिलाई फोहरी खेल र धन्दा बनाएको भन्दै उनले सो विकृति विरुद्ध आफ्नो उम्मेदवारी रहेको र विकास अनि समृद्धिको लागि आफ्नो उम्मेदवारी दिएको बताए । उनि चर्चित हास्यकलाकार हुन्। वहाँको कलाकारिको लाखौं प्रशंसकहरु छन्।