Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।

महोत्तरीमा प्रहरीचोकी इन्चार्जले हतियार खेलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएको रहस्य खुलेको छ । हलखोरी प्रहरीचोकीका इन्चार्ज असई बच्चा यादवले पेस्तोल खेलाउँदा पड्केर त्यहाँ कार्यरत्त प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन् ।

प्रहरी श्रोतका अनुसार यो घटना गत कार्तिक ३० गते रातिको हो । दुईदिन अघि दुई पेशेवर कुख्यात डाँका पक्राउ गरी सफलता हासिल गरेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन गरिएको थियो ।

कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहित ७।८ जनाको समूहले गरेको लुटपाटमा संलग्न घटनाका दुई आरोपीलाई कातिक २८ गते रौतहटबाट पक्राउ गरेर ल्याएको थियो । सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुबैजनालाई खुट्टामा दगोली प्रहार गरी पक्राउ गरेको थियो ।

त्यही खुयिली भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर हतियार खेलाउने क्रममा पेस्तोलबाट गोली छुटेको थियो । त्यो गोली प्रहरी जवान राजेशकुमार साहको एक पाखुराको भागमा लागेको श्रोतले जनाएको छ । घटना ढाकछोप गर्न असईले उपचारको लागि प्रहरी जवानलाई भारततिर पठाएको थियो । घाइते प्रहरी जवान सप्तरीका बासिन्दा हुन् ।
भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गराएका थिए । सप्तरी प्रहरीले यो घटनाको जानकारी शुक्रबार पाएपछि तनावमा छन् ।
थाहा पाए लगतै प्रहरीचोकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ । जाँचबुझको लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए ।

महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले घटनाको प्रारम्भिक जानकारी आइएकोले बुझिरहेको बताए ।
‘घटना भएको हो की होइन भन्ने हामी अनुसन्धान गर्दैछौं । सानो छानविन टोलि गठन छानविन गरिसकेपछि यो विषयमा भनौला । यो आन्तरिक घटना हो । अहिले यो विषयमा भन्न मिल्दैन’ उनले भने ।
श्रोतका अनुसार घटनामा जिल्ला तानिएका असई यादव चेन्जर सफा गर्ने क्रममा गोली पड्केर नजिकै रहेको पोलमा लागेर फर्कि प्रहरी जवानलाई लागेको तर्क दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *