२३ असोज, जनकपुरधाम। जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्।

एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन्। सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो ।