Samajik Feed – News Portal from Nepal

कच्चा तेलको मूल्यमा ठूलो गिरावट: एक सातामा औसत ८ प्रतिशतको कमी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते पछिल्लो एक सातामा कच्चा तेलको मूल्यमा औसत ८ प्रतिशतको गिरावट आएको छ। डब्लूटीआई कच्चा तेलको मूल्य ८.३ प्रतिशतले घटेर, जेठ १५ गते प्रतिब्यारेल ७९.८३ डलरबाट बुधबार बिहान १० बजे ७३.२० डलरमा झरेको छ। ब्रेन्ट तेलको मूल्यमा पनि उल्लेखनीय गिरावट देखिएको छ। यो मूल्य प्रतिब्यारेल ८३.९४ डलरबाट घटेर ७७.४९ डलरमा झरेको […]

भन्सार दर वृद्धि संगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम, चाँदीको मूल्यमा गिरावट

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १८ गते भन्सार दरमा वृद्धि भएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ७ सय रुपैयाँले बढी हो। बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर १५ […]

चुरोट र सुर्तीमा बढोतरी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते मंगलबार, अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा सिगार र सुर्तीको अन्तःशुल्कमा बढोतरी गरिएको छ। यस विधेयकले सिगारको अन्तःशुल्क प्रतिकिलो १ रुपैयाँ बढाएर ३१ रुपैयाँ पुगाएको छ। फिल्टर नभएको सुर्तीको चुरोटको अन्तःशुल्क प्रति एम २५ रुपैयाँ बढाएर ७ सय ५५ रुपैयाँ पुगेको छ। चुरोट भएको सुर्तीमा ७० मिलिमिटरसम्म लम्बाइको […]

सुनचाँदीको मुल्य घट्यो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । नेपाली बजारमा आज फेरी सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुनको मूल्य १२०० रुपैयाँले घटेर तोलामा १ लाख ४० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि सोमबार सुन तोलामा १ लाख […]

बैशाखको अन्त्यसम्म व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

समाजिक फीड,जनकपुरधाम , जेठ ८ गते । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको […]

सुनको मूल्यमा नयाँ रेकर्ड

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ४० हजार रुपैयाँ र १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो […]

साढे ४५ अंकले बढ्यो नेप्से

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो । साढे ४५ अंकले बढ्यो नेप्से, पछिल्ला केही दिनयता उच्च दरले बढ्न नसकिरहेको नेप्से आईतबार करिब साढे ४५ अंकले बढेको हो । यद्यपी […]

सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बुधबार सुन […]

पेट्रोल र डिजेलको मूल्य घट्यो

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।  बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य […]

सुनको मूल्य घट्यो

सामाजिक फीडजनकपुरधाम, बैशाख ३१ गते । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ […]