Samajik Feed – News Portal from Nepal

नेपाललाई भारतको अनुदान रकम यथावत, भुटानलाई सर्वाधिक सहायता

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ। नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई […]

नेपालले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्ने

समाजिक फिड – जनकपुरधाम, माघ १५ भारतले नेपाललाई ९० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने सहमति गरेको छ। गहुँको माग अनुसार उत्पादन नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई लाख मेट्रिक टन गहुँको माग गरे पनि भारतले ९० हजार मेट्रिक टन मात्र दिन सहमति जनाएको हो। वाणिज्य विभागले यस आयातका लागि इच्छुक फर्म र कम्पनीहरूलाई […]

अनलाइन जुवा खेलाएको आरोपमा २ जना पक्राउ

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापका राजप्रकाश श्रेष्ठ (४८) र नुवाकोटका हरिचन्द्र भुजेल (२३) रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने […]

तीन पुस्ताको संघर्ष र मिठास बिन्धिको दही पसल

सामाजिक फीड- जनकपुरधाम माघ १३ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिमा अवस्थित बिन्धिको दही पसल ५० वर्षभन्दा बढी पुरानो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो। मोहन मण्डल धानुकले पान पसलबाट सुरु गरेको व्यवसाय तीन पुस्ताको मेहनत र समर्पणले आज जनकपुरधामकै प्रख्यात दही पसलको रूपमा स्थापित भएको छ। कुराकानी गर्दै कर्ममा हामीले थाहा पायो २०२६ सालमा मोहनका […]

प्रि ओपन सेसनमा २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार

जनकपुरधाम, माघ १३। सामाजिक फीड। प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।   २८ कम्पनीको भाउ बढेको छ भने […]

मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित

समाजिक फिड – जनकपुरधाम, माघ १३ मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना: शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित जनकपुरधाम, शनिबार – मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशका प्रदेशसभा सदस्यहरू भाषणबाजीमै सीमित रहेको टिप्पणी गरेका छन्। प्रधानाध्यापक संघद्वारा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा बोल्दै उनले सदस्यहरूले शिक्षा र कृषिमा लगानीका ठूला कुरा गरे पनि बजेट […]

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ५५ सय विद्युतीय गाडी आयात

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको पहिलो ६ महिनासँग […]

लुम्बिनीमा मन्दिरको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड संकलन

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रुपैयाँ संकलन भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार, दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ संकलन गरिएको हो। यो रकम आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चरणमा असोज महिनायताको हो। पुस १८ […]

५ सयले बढ्यो सुनको भाउ, प्रतितोलाको मूल्य १ लाख ५२ हजार ५ सय

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । यस अघि सुनको भाउ १ लाख ५२ […]

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकले मात्र आवेदन दिन पाउने

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के […]