आज देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघ नेपालले आज ‘पेन डाउन’सहित विरोध जनाएको छ । भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै महासंघले देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको हो । महासंघ अध्यक्ष प्राचिनकुमार थैवले भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा […]
एकैदिन ८ हजार रुपैयाँले बढ्यो सुन, चाँदीले पनि तोड्यो रेकर्ड

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै […]
अब विदेशबाट दैनिक २५ लाखसम्म रेमिट्यान्स पठाउन सकिने: राष्ट्र बैंकको निर्णय

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरूले अब दैनिक रूपमा २५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो। संशोधित परिपत्रमा उल्लेख छ: ‘नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले […]
आज फेरि सुनको भाउ बढ्यो, तोलामा २३ सयले वृद्धि

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । सुनको मूल्यमा आज पुनः तीव्र वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा सुनको मूल्य २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। हिजो यो दर २ लाख ३३ हजार […]
दशैंपछि सुनको भाउ १० हजारले बढ्यो

सामाजिक फीड-जनकपुरधाम, असोज २० गते । दशैंपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। दशैंका कारण केही दिन मूल्य स्थिर रहेपनि, चाडपर्वपछिको समायोजनले मूल्य एकैपटक बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। असोज १२ गते प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ९ हजार ९ सय […]
सुन तोलाको २ लाख २३ हजार २ सय पुग्यो

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भई तोलाको २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँ थियो। यसअघि, बुधबार सुनको भाउ अहिलेसम्मकै […]
सुनको मुल्य १७ सय रुपैयाँले घटयो

सामाजिक फीडजनकपुरधाम, असोज ९ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट प्रतितोला १७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि, बुधबार सुनको भाउ हालसम्मकै उच्च विन्दु २ लाख २३ हजार रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको भाउ पनि घटेको […]
बुधबारदेखि सेयर बजार पुनः सञ्चालन हुने

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । बुधबारदेखि नेपालमा सेयर बजार पुनः खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजार सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका एक उच्च अधिकारीका अनुसार सबै सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निष्कर्षमा पुगेको जानकारी दिए। उक्त निर्णयअनुसार बोर्डले नेप्सेलाई औपचारिक सूचना […]
पर्यटन पूर्वाधार निर्माणका लागि भीठामोड नाकामा पर्यटन मन्त्री कुशवाहाको स्थलगत निरीक्षण

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले महोत्तरीस्थित भीठामोड सीमा नाकाको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणको क्रममा मन्त्री कुशवाहाले पर्यटकहरूको सहज आवागमन, पूर्वाधारको अवस्था, सुरक्षा व्यवस्था र सेवा सुविधाको प्रत्यक्ष अवलोकन गर्दै भीठामोडलाई पर्यटकमैत्री सीमा नाका बनाउन मन्त्रालयले विशेष योजना अघि सारेको जानकारी दिए ।उनले स्थानीय […]
चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्दै, मधेस प्रदेशमा ३ ठाउँमा मात्र खुल्ने

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते दशैं, तिहार र छठ पर्व लक्षित गरी सरकारले भदौ ३० गतेदेखि १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ४० बिक्री स्थलमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जनाइएको छ । कर्णालीका दुर्गम क्षेत्रमा सबैभन्दा बढी […]