Samajik Feed – News Portal from Nepal

प्रधानमन्त्री कार्यालयको निर्देशन: तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र संघीय मामिला मन्त्रालयलाई आदेश

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ। सरुवा, काज, र पदस्थापनलाई व्यवस्थित बनाउन नसक्दा सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना भएको र स्रोतसाधनको दुरुपयोग भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको हो। राष्ट्रिय सतर्कता केन्द्रलाई […]

नेपालमा पहिलो पटक पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात तयारी

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । नेपालमा पहिलो पटक भारतको मोतिहारीबाट बारा अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी पूरा भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार, संरचना निर्माण सम्पन्न भइसकेको छ र परीक्षणका विभिन्न चरणहरू जारी छन्। पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गरेपछि ढुवानी खर्चमा २.५ रुपैयाँको कमी आउने र […]

जनकपुर शाखाको कर्जा असुली प्रक्रिया र प्रबन्धक पक्राउ सम्बन्धी समाचार भ्रमपूर्ण: सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले आफ्नो जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ र कर्जा असुली प्रक्रियामा अनियमितताको आरोपसम्बन्धी सञ्चार माध्यममा आएका समाचारलाई असत्य ठहर गर्दै स्पष्टीकरण दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले ऋण असुली प्रक्रियामा कुनै अनियमितता नभएको र सबै प्रक्रिया प्रचलित कानूनी मापदण्ड र बैंकिङ्ग अभ्यासअनुसार भएको जनाएको छ। बैंकका अनुसार, जनकपुर […]

डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा लगानीका लागि आह्वान

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । भारतको राजधानी नयाँ दिल्लीमा काठमाडौँ विश्वविद्यालय र ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) द्वारा आयोजित ‘भारत–नेपाल आर्थिक सम्मेलन’को उद्घाटनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरे। सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले नेपालले […]

देवनारायण मण्डल: मिथिला क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा उदाहरणीय योगदान

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्। मिथिला क्षेत्रको पहिचान […]

नेपाल ई रिक्सा मजदुर संगठन धनुषा बैठक सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेपाल ई रिक्सा मजदुर संगठन धनुषाले बैठक सम्पन्न गरेको छ, जसमा संगठनका सदस्यहरुले आगामी दिनहरुमा बाहृ बिघामा ई रिक्सा स्टेन्ड व्यवस्थापन र सरसफाई कार्यक्रमको बारेमा छलफल गरेका छन्। बैठकमा मुख्य रुपमा ई रिक्सा चालकहरुको सुविधा र सडक व्यवस्थापनका लागि आवश्यक कदमहरू उठाउने विषयमा विचार विमर्श भएको हो। संगठनका अध्यक्षले […]

भारत उत्तर प्रदे्शका मुख्यमन्त्री योगी आदित्यनाथ रामायण काँन्क्लेव उद्घाटनका लागि जनकपुरधाम आउने

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । भारत उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउन लागेका छन्। जानकी मन्दिर परिसरमा यही पुस ६ र ७ गते हुन गइरहेको दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको उद्घाटनमा सहभागी हुन उनी जनकपुरधाम आउने भएका हुन्। शनिवार हुने काँन्क्लेवको समुद्घाटन कार्यक्रमबारे जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मुख्यमन्त्रीको भ्रमण मङ्गलवार […]

गृहमन्त्री लेखक: संविधान संशोधन समावेशिता र संघीय लोकतन्त्र सुदृढ गर्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३० गते । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिने बताएका छन्। आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको जानकारी दिए। उनले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको र यसलाई […]

नेपाल आईपुगे वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा

सामाजिक फीड-२८ गते जनकपुरधाम स्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न क्रिकेटर लारा बिहान ९:१५ बजे काठमाडौँ अवतरण गरेका हुन्। लारालाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए। लाराले साथमा आफ्नी छोरी सेड्नी लारा पनि ल्याएका छन्। ट्रिनिडाडमा जन्मिएका ५५ […]

गढीमाई महामेला फर्किँदै गर्दा दुर्घटना, ८ जनाको मृत्यु, ४ घाइते

सामाजिक फीड-२५ गते जनकपुरधाम बाराको गढीमाई महामेलाबाट फर्किँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो जिप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिप अनियन्त्रित भई सडकबाट तल झरेर दाहिने साइडको रुखमा ठोक्किँदा उक्त घटना भएको हो। मृतकमध्ये सबै सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा नं. ३ बंठियाटोलका रहेका […]