Samajik Feed – News Portal from Nepal

कतारले फेर्यो आफ्नो सुरक्षा रणनीति

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै कतारले आफ्नो प्रारम्भिक सुरक्षा रणनीतिमा परिवर्तन गरेको छ। विगत ४८ घण्टामा मिसाइल र ड्रोन आक्रमण रोक्न ‘पेट्रियट’ रक्षा प्रणाली परिचालन गरिएको थियो। तर आकाशमै अवरोध गरिएका मिसाइलका भग्नावशेष शहर क्षेत्रमा खस्ने जोखिम बढेपछि रणनीति पुनरावलोकन गरिएको समाचार अलजजिराले जनाएको छ। यसै सन्दर्भमा कतारको रक्षा मन्त्रालयले […]

डोनाल्ड ट्रम्प को चेतावनी: इरानमाथि अहिलेसम्मकै शक्तिशाली’ प्रहार गर्ने धम्की

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै थप शक्तिशाली प्रहार गर्ने चेतावनी दिएका छन्। उनले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। ट्रम्पले लेखेका छन्, “इरानले अहिलेसम्मकै कडा आक्रमण गर्ने चेतावनी दिएको छ। उनीहरूले त्यसो नगरून्। यदि त्यसो गरे भने हामी उनीहरूलाई कहिल्यै नदेखिएको शक्तिले जवाफ […]

इरानमा पुनः चर्कियो विद्यार्थी आन्दोलन, तेहरानका विश्वविद्यालयमा प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । इरानमा विद्यार्थी आन्दोलन पुनः चर्किएको छ। राजधानी तेहरान सहित विभिन्न विश्वविद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै प्रदर्शनहरू सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तेहरानस्थित शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी परिसरमा ठूलो संख्यामा विद्यार्थीहरूले मार्च गरेका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्। राजधानीकै अन्य विश्वविद्यालयहरूमा पनि विद्यार्थीहरूले धर्ना र विरोधसभा आयोजना […]

शेख हसिना सत्ताच्युतपछि बंगलादेशमा पहिलोपटक आमनिर्वाचन, १२ करोड बढी मतदाता सहभागी

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते  पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशमा पहिलोपटक आमनिर्वाचन भइरहेको छ। नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। बीबीसीका अनुसार १२ करोडभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी हुँदै छन्। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि हसिनालाई सत्ताबाट हटाइएको थियो। हसिना देश छाडेपछि नोबेल शान्ति […]

भारत र अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता

सामाजिक फीड- जनकपुरधाम, माघ २० गते । भारत र संयुक्त राज्य अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ। उक्त सम्झौताअनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लाग्दै आएको ‘रेसिप्रोकल ट्यारिफ’ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताका क्रममा यस सम्झौताबारे औपचारिक घोषणा गरिएको हो। राष्ट्रपति ट्रम्पले ‘मेड […]

छिमेकी देशमा निपा भाइरसको संक्रमण, कति जोखिममा छ नेपाल?

सामाजिक फीड, १९ माघ । छिमेकी देश भारतको पश्चिम बंगाल र केरला लगायतका क्षेत्रमा निपा भाइरस (Nipah Virus) को संक्रमण देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार निपा भाइरस अत्यन्त घातक जुनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ। निपा भाइरस के हो? […]

भारतले नेपाललाई दिने अनुदान बढायो, आफ्नो बजेटमा गर्यो आठ अर्ब भारु विनियोजन

सामाजिक फीड-जकपुरधाम, माघ १८ गते । भारत सरकारले नेपाललाई दिँदै आएको वार्षिक अनुदान रकम बढाएको छ । आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले त्यहाँको संसद्‌मा पेस गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटमा नेपालका लागि गत वर्षभन्दा एक सय करोड थप्दै आठ सय करोड भारु अर्थात १२ अर्ब ८० करोड नेपाली रुपैयाँ विनियोजन गरेको हो […]

डोनाल्ड ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ। जनवरी ३ मा अमेरिकाले भेनेजुएला विरुद्ध कारबाही गर्दै […]

विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्यो भारत

सामाजिक फीड-जनकपुरधाम, पुस १५ गते । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । जापानलाई उछिनेर भारत चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको हो । भारतको कुल ग्राहस्थ उत्पादन ४।१८ ट्रिलियन डलर बराबर पुगेको सरकारी तथ्याङ्हरुले देखाएका छन् । जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारत आगामी तीन वर्षभित्र जर्मनीलाई उछिनेर तेस्रो […]

भारतको मथुरामा सडक दुर्घटनामा जलेर ४ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । भारतको उत्तरप्रदेशको मथुरामा मंगलबार बिहान भएको सडक दुर्घटनामा जलेर कम्तीमा ४ जनाको मृत्यु भएको छ। आज बिहान करिब ४ बजेको समयमा ७ बस, ३ कार एकआपसमा ठोक्किँदा बसमा आगो लागेको थियो। भारतीय सञ्चारमाध्यामले बसमा आगो लाग्दा ४ जनाको जलेर मृत्यु भएको जनाएका छन्। दुर्घटनामा परेकाहरुलाई २० वटा एम्बुलेन्सले १ […]