Samajik Feed – News Portal from Nepal

सिरियामा १४ वर्ष यताकै ठूलो हिंसामा एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी-जनकपुरधाम, फागुन २६ गते । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएको भिडन्तरमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ ।यो सिरियामा […]

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रुसको प्रतिक्रिया ‘शान्तिको लागि सबैभन्दा ठूलो योगदान’

एजेन्सी-जनकपुरधाम, फागुन २१ गते । युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ । बीबीसीसँग कुरा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल गराउन दबाब दिने बताएका छन् । उनले भने- ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल […]

नयाँदिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

एजेन्सीजनकपुरधाम, फागुन ४ गते। भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गएको छ । घटनामा पाँच बालबालिका, नौ महिला र तीन पुरुष परेका छन् भन्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिवार राति साढे ९ बजे महाकुम्भ मेला हेर्न उत्तरप्रदेशतर्फ जाने यात्रुको भीडले भागदौड मच्चाएको हो। रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार, प्रयागराज एक्सप्रेस […]

अमेरिकाले युएसएआईडीको वेबसाइट बन्द गर्‍यो, कर्मचारीहरू बिदामा

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को वेबसाइट बन्द गरिएको छ। विश्वव्यापी विदेशी सहायता र विकास सहयोग रोक लगाएपछि अमेरिकी सरकारले शनिबारदेखि वेबसाइट अनलाइनबाट हटाएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएसएआईडीका १०० भन्दा धेरै कर्मचारीलाई बिदामा पठाइएको छ भने झण्डै ३० जना कर्मचारीले आफ्नो इमेल पहुँच गुमाएका छन्। यसैबीच, […]

अमेरिकाले आयातीत वस्तुमा कडाइ, चीन, क्यानडा र मेक्सिको प्रभावित

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्। नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट […]

नेपाललाई भारतको अनुदान रकम यथावत, भुटानलाई सर्वाधिक सहायता

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ। नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई […]

पृथ्वीभित्र डुबेको संसारको खोज: वैज्ञानिकहरूको चमत्कारी पत्ता लगाव

सामाजिक फीड-माघ १८ गते – जनकपुरधाम स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्रशान्त महासागर मुनि पृथ्वीको भित्री भागमा रहस्यमय भूभाग फेला पारेका छन्, जसलाई उनीहरूले ‘डुबेको संसार’ नाम दिएका छन्। यो पृथ्वीको सतहभन्दा निकै गहिरो भागमा रहेको र लगभग ४ अरब वर्षअघि बनेको हुनसक्ने अनुमान गरिएको छ। वैज्ञानिकहरूको भनाइमा यो क्षेत्र दुई टेक्टोनिक प्लेटहरूको टकराव बिन्दुमा छ। यो स्थान […]

अमेरिकामा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाको मृत्यु भएको आशंका

एजेन्सीजनकपुरधाम, माघ १७ गते । अमेरिकाको वासिङ्टनको आकाशमा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । स्थानीय समयअनुसार बुधबार राति ९ बजे ६४ यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज र तीन जना अमेरिकी सेना सवार हेलिकप्टर आपसमा ठोक्किएको यू योर्क टाइम्सले जनाएको छ। जहाज वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङटन नेशनल एयरपोर्टनजिक दुर्घटना […]

महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा

सामाजिक फीड, जनकपुरधाम, माघ १७। भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास […]

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डिआइजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी […]