Samajik Feed – News Portal from Nepal

जम्मुकश्मिरमा आतंककारी आक्रमणमा एक नेपालीसहित २७ जना मारिए

एजेन्सी-जनकपुरधाम, वेशाख १० गते । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुको आक्रमणमा नेपालीसहित २७ जना मारिएका छन् । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । […]

युएईमा अब सांसदले होइन, एआईले बनाउनेछ कानून! 

जनकपुरधाम, संयुक्त अरब इमिरेट्स (यूएई) ले अब नयाँ कानून निर्माण तथा विद्यमान कानूनहरूको समीक्षा र संशोधनमा  (AI) को प्रयोग गर्ने निर्णय गरेको छ। यस कदमलाई यूएई सरकारले “AI-सञ्चालित नियमन प्रणाली” को रूपमा घोषणा गरेको छ, जसले विधायन प्रक्रियालाई ७० प्रतिशत छिटो बनाउने दाबी गरिएको छ। यूएईले यसका लागि ‘रेगुलेटरी इन्टेलिजेन्स अफिस’ स्थापना गर्दैछ, जुन एआईमार्फत […]

सांसद विमलेन्द्र निधिको कटाक्ष: ‘साधुसन्तले भनेको भरमा राजतन्त्र फर्किँदैन’

सामाजिक फिडजनकपुरधाम नेपाल कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नै नभएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले देशी-विदेशी साधु-सन्तहरूको भनाइको आधारमा राजतन्त्र फर्किन्छ भन्ने सोच्नु गलत हुने बताएका छन्। निधिले संविधान निर्माणका क्रममा नेपालले विभिन्न चुनौतीहरू सामना गरिसकेको उल्लेख गर्दै अब फेरि राजतन्त्र फर्कने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, […]

सिरियामा १४ वर्ष यताकै ठूलो हिंसामा एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी-जनकपुरधाम, फागुन २६ गते । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएको भिडन्तरमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ ।यो सिरियामा […]

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रुसको प्रतिक्रिया ‘शान्तिको लागि सबैभन्दा ठूलो योगदान’

एजेन्सी-जनकपुरधाम, फागुन २१ गते । युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ । बीबीसीसँग कुरा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल गराउन दबाब दिने बताएका छन् । उनले भने- ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल […]

नयाँदिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

एजेन्सीजनकपुरधाम, फागुन ४ गते। भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गएको छ । घटनामा पाँच बालबालिका, नौ महिला र तीन पुरुष परेका छन् भन्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिवार राति साढे ९ बजे महाकुम्भ मेला हेर्न उत्तरप्रदेशतर्फ जाने यात्रुको भीडले भागदौड मच्चाएको हो। रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार, प्रयागराज एक्सप्रेस […]

अमेरिकाले युएसएआईडीको वेबसाइट बन्द गर्‍यो, कर्मचारीहरू बिदामा

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को वेबसाइट बन्द गरिएको छ। विश्वव्यापी विदेशी सहायता र विकास सहयोग रोक लगाएपछि अमेरिकी सरकारले शनिबारदेखि वेबसाइट अनलाइनबाट हटाएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएसएआईडीका १०० भन्दा धेरै कर्मचारीलाई बिदामा पठाइएको छ भने झण्डै ३० जना कर्मचारीले आफ्नो इमेल पहुँच गुमाएका छन्। यसैबीच, […]

अमेरिकाले आयातीत वस्तुमा कडाइ, चीन, क्यानडा र मेक्सिको प्रभावित

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्। नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट […]

नेपाललाई भारतको अनुदान रकम यथावत, भुटानलाई सर्वाधिक सहायता

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ। नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई […]

पृथ्वीभित्र डुबेको संसारको खोज: वैज्ञानिकहरूको चमत्कारी पत्ता लगाव

सामाजिक फीड-माघ १८ गते – जनकपुरधाम स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्रशान्त महासागर मुनि पृथ्वीको भित्री भागमा रहस्यमय भूभाग फेला पारेका छन्, जसलाई उनीहरूले ‘डुबेको संसार’ नाम दिएका छन्। यो पृथ्वीको सतहभन्दा निकै गहिरो भागमा रहेको र लगभग ४ अरब वर्षअघि बनेको हुनसक्ने अनुमान गरिएको छ। वैज्ञानिकहरूको भनाइमा यो क्षेत्र दुई टेक्टोनिक प्लेटहरूको टकराव बिन्दुमा छ। यो स्थान […]