अमेरिकामा ५८३ आप्रवासी पक्राउ, सैन्य विमानबाट देश निकाला प्रक्रिया शुरू

जनकपुरधाम, माघ १२ । सामाजिक फीड । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ। यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए। क्यारोलिन लेभिटले भने, […]
JetBrains ले ‘Junie’ एआई कोडिङ एजेन्ट सार्वजनिक गर्यो

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम JetBrains ले हालै ‘Junie’ नामक नयाँ एआई कोडिङ एजेन्ट सार्वजनिक गरेको छ, जसले कोडिङका जटिल कार्यहरू छिटो र सजिलै समाधान गर्न सक्छ। कम्पनीका अनुसार, जुन कामहरू पूरा गर्न घण्टौं लाग्न सक्थ्यो, तिनलाई Junie ले केही मिनेटमै हल गर्न सक्नेछ। JetBrains का उत्पाद प्रमुख एन्ड्र्यू ज़ाकोनोभका अनुसार, Junie विकासकर्ताहरूका लागि […]
टिकटकमाथि प्रतिबन्धपछि अनौठा घटनाहरू: प्रतिबन्ध हटे पनि एप्पल र गुगल प्ले स्टोरमा अझै उपलब्ध छैन

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकामा टिकटक प्रतिबन्धसँग सम्बन्धित रोचक घटनाहरू भइरहेका छन्। केही दिनअघि टिकटकलाई १४ घण्टाका लागि प्रतिबन्ध लगाइएपछि एपलाई एप्पल र गुगल प्ले स्टोरबाट हटाइएको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धको अवधि ७५ दिनसम्म लम्ब्याएपछि आइतबारदेखि टिकटक पुनः सञ्चालनमा आएको छ। तर, एप स्टोरमा अनुपलब्ध भए पनि मोबाइलमा पहिल्यै डाउनलोड भइसकेका […]
अमेरिकामा भीषण हिम आँधी, १० जनाको ज्यान गयो

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्। अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार […]
“ट्रम्पको पहिलो दिनमै ३०८ आप्रवासी पक्राउ, थप ७ लाखको छानबिन तयारी”

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ । न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन् । यी गैरकानुनी आप्रवासीहरू अधिकांश […]
अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार नीति चीन, क्यानडा र मेक्सिकोलाई आयात शुल्कको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा निर्मित सामानको आयातमा फेब्रुअरी १ देखि १० प्रतिशत शुल्क लगाउनेबारे सोचिरहेको बताएका छन्। वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली संघ र छिमेकी देशहरू मेक्सिको र क्यानडामाथि पनि आयात शुल्क लगाउने चेतावनी दिए। उनले मेक्सिको र क्यानडालाई फेन्टनिल औषधि र कागजातविहीन आप्रवासीहरू अमेरिकामा पठाइरहेको आरोप […]
टर्कीको एक होटलमा आगलागी हुँदा ६६ जनाको मृत्यु

एजेन्सी, माघ ९ गते । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ। स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा […]
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । नाइजेरियाको उत्तर मध्य नाइजर राज्यमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको विस्फोटमा कम्तिमा ७७ जनाले ज्यान गुमाएका छन्। घटनामा उद्धारकर्तासहित २५ जना घाइते भएको जनाइएको छ। फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको थियो। ट्याङ्कर दुर्घटनापछि तेल […]
सैफअली खान माथी मध्यरातमा हमला, ६ ठाउँमा चोटपटक पछि अस्पताल भर्ना

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ । वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भिर रूपमा घाइते भएको जनाइएको छ । यो घटना करिब राती २ः३० बजेको हो । अभिनेता हाल लीलावती अस्पतालमा भर्ना […]
इजरायल र हमास युद्धविराम गर्न सहमत, १५ महिनामा ४६ हजारको मृत्यु

एजेन्सी-जनकपुरधाम, माघ ३ गते । इजरायल र हमास १५ महिनाको लामो युद्धको अन्त्य गर्न सहमत भएका छन्। दुवै पक्षबीच ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि लागू हुनेछ। यस युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकलाई रिहा गरिनेछ भने त्यसको प्रतिकार्यस्वरूप इजरायलले प्यालेस्टिनी बन्धकलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना युद्धक्षेत्रबाट फिर्ता हुनेछ । युद्धविरामलाई प्रभावकारी बनाउन वार्ता […]