Samajik Feed – News Portal from Nepal

अमेरिकाले आयातीत वस्तुमा कडाइ, चीन, क्यानडा र मेक्सिको प्रभावित

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्। नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट […]

नेपाललाई भारतको अनुदान रकम यथावत, भुटानलाई सर्वाधिक सहायता

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ। नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई […]

पृथ्वीभित्र डुबेको संसारको खोज: वैज्ञानिकहरूको चमत्कारी पत्ता लगाव

सामाजिक फीड-माघ १८ गते – जनकपुरधाम स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्रशान्त महासागर मुनि पृथ्वीको भित्री भागमा रहस्यमय भूभाग फेला पारेका छन्, जसलाई उनीहरूले ‘डुबेको संसार’ नाम दिएका छन्। यो पृथ्वीको सतहभन्दा निकै गहिरो भागमा रहेको र लगभग ४ अरब वर्षअघि बनेको हुनसक्ने अनुमान गरिएको छ। वैज्ञानिकहरूको भनाइमा यो क्षेत्र दुई टेक्टोनिक प्लेटहरूको टकराव बिन्दुमा छ। यो स्थान […]

अमेरिकामा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाको मृत्यु भएको आशंका

एजेन्सीजनकपुरधाम, माघ १७ गते । अमेरिकाको वासिङ्टनको आकाशमा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । स्थानीय समयअनुसार बुधबार राति ९ बजे ६४ यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज र तीन जना अमेरिकी सेना सवार हेलिकप्टर आपसमा ठोक्किएको यू योर्क टाइम्सले जनाएको छ। जहाज वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङटन नेशनल एयरपोर्टनजिक दुर्घटना […]

महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा

सामाजिक फीड, जनकपुरधाम, माघ १७। भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास […]

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डिआइजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी […]

दक्षिण कोरियामा एअर बुसानको विमानमा आगलागी, सबै यात्रु सकुशल उद्धार

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति एअर बुसानको विमानमा अचानक आगलागी भएको छ। विमानमा १७६ जना (१६९ यात्रु र सात चालक दलका सदस्य) सवार थिए। तर, सौभाग्यवश कुनै ठूलो मानवीय क्षति भएको छैन। दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार बुसानबाट हङकङ उडान भर्न तयार विमानको पछिल्लो भागमा उडानअघि नै […]

ट्रान्सजेन्डर खेलाडीका लागि ओलम्पिक ढोका बन्द हुने सम्भावना?

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो खुला ट्रान्सजेन्डर खेलाडीको रूपमा चिनिएकी न्यूजिल्यान्डकी लरेन हबर्डले ओलम्पिक खेलकुदमा नयाँ अध्याय सुरु गरिन्। तर, अब ट्रान्सजेन्डर महिलाहरूका लागि महिला वर्गमा प्रतिबन्ध लगाउन सकिने संभावना बढ्दै गएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) को आगामी नेतृत्वका लागि चर्चित उम्मेदवारहरू मध्येका दुई व्यक्तिले महिला वर्गलाई सुरक्षित […]

टिकटकको भविष्य: माइक्रोसफ्टलाई स्वामित्व हस्तान्तरणको ट्रम्पको संकेत

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनि माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि सो बारेमा थप चर्चा परिचर्चा सुरू भएको हो । चिनियाँ प्लेटफर्म टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै […]

बिरोध पछि ‘छावा’वाट अब विक्की कौशल र रश्मिकाले डान्स हटाइने

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम विक्की कौशलको फिल्म ‘छावा’ अहिले चर्चामा छ । यो फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह पाइएको छ । हालै रिलिज भएको फिल्मको ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।  तर ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर विवाद सुरु भएको छ । वास्तवमा यस फिल्मको ट्रेलरमा एउटा दृश्य छ, जसमा विक्की कौशलको […]