केपी ओलीको निवसमा अगो लगाइयो

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले उनको घरमा आगो लगाएका हुन । प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्। अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ […]
आन्दोलनको डरले मन्त्रीहरुको भागाभाग, हेलिकप्टरबाट सुरक्षित स्थानमा लगियो

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । आन्दोलन अनियन्त्रित भएपछि संघीय सरकारका मन्त्रीहरु तर्सिएका छन । प्रधानमन्त्री निवास सहितका विभिन्न पार्टी कार्यालय र नेताहरुको निवासमा आगजनी भएपछि उनीहरुको भागाभाग भएको छ । आफ्नो निवासमा असुरक्षित रहेको भन्दै मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मंगलबार दिउँसो उनीहरूलाई अन्य सुरक्षित स्थानमा लगिएको सुरक्षा निकायले […]
प्रधानमन्त्री ओलीको निवासतर्फ हिँडेका प्रदर्शनकारीमाथि गोली चल्यो, दुईजना घाइते

समाजिक फीड- काठमाडौं, भदौ २४ गते । प्रधामन्त्री केपी शर्मा ओलीको निवासतर्फ हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । भक्तपुरस्थित बालकोटतर्फ प्रदर्शन गर्दै हिँडेका उनीहरुमाथि गोली चलेको हो । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । Rohit Mahato
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध विरुद्ध भोली जेनजी पुस्ताले प्रदर्शन गर्ने

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । जेनजी पुस्ताले सामाजिक सञ्जालमा लगाईको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने भएको छ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा प्रदर्शन गर्न लागेका हुन्।सोमबार बिहान ११ बजे प्रदर्शन हुनेछ।विद्यार्थीहरूको पोशाक लगाएर, परिचय […]
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा काठमाडौँमा प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा पत्रकारहरुको संघसंस्थाले प्रदर्शन गरेका छन्।आइतबार उनीहरुले सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन्।उक्त विरोध प्रदर्शनमा सहभागी पत्रकार, अगुवा र सरोकारवालाहरूले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित भएको बताएका छन्। विभिन्न प्लेकार्ड […]
ट्विटर सरकारको सम्पर्कमा

सामाजिक फीडजनकपुरधाम, भदौ २० गते । सरकारले दर्ता नभएको कारण देखाउँदै सेवा बन्द गरेपछि सामाजिक सञ्जाल ट्विटर (एक्स) सरकारको सम्पर्कमा आएको छ। शुक्रबार बिहान ट्विटरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ताका लागि पत्र पठाएको मन्त्रालयले जानकारी दिएको छ। दर्ता प्रक्रियासम्बन्धी मन्त्रालयले आवश्यक जानकारीसहित जवाफ पनि पठाइसकेको छ। यसअघि फेसबुकको मातृ कम्पनी मेटा पनि सरकारी अधिकारीहरूसँग […]
चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली

सामाजिक फीड, २० भदौ २०८२ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमानाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सारेका छन् । दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताए। शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा […]
फेसबुकको वेब संस्करण बन्द

सामाजिक फीडजनकपुरधाम, भदौ २० गते । नेपालमा फेसबुकको वेब संस्करण बन्द भएको छ । बिहीवार रातिदेखि फेसबुकको युआरएल बन्द गरिएको हो । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको इन्टरनेट […]
फेसबुक, ट्वीटरलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । फेसबुक,ट्वीटर (एक्स)युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि उक्त निर्णय गरेको हो। आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि सरकारले दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा […]
भारतका प्रधानन्यायाधीश गवई काठमाडौं आउँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउन लागेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार गवई बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको उडानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपालको भ्रमणमा आउन लागेका हुन्। उनी ‘नेपाल(इन्डिया जुडिसियल डाइलग’ […]